स्याङ्जामा पहिरोले घर भत्किँदा १ जनाको मृत्यु भएको छ । शनिबार साँझ अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा गल्याङ नगरपालिका–१ साङ्लीयाका ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको हो ।
उनकी ४२ वर्षीय श्रीमती फूलमाया गम्भीर घाइते भएकी छन् । हाल उनको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
रातिदेखि परेको अविरल वर्षासँगै आइतबार बिहान ३ बजे घरमाथिबाट झरेको पहिराेले घरको भित्ता भत्काएपछि त्यसमा पुरिएर गम्भीर घाइते भएका दुवै जनालाई गल्याङ अस्पताल लगिएकाे थियाे । उपचारका क्रममा यमबहादुरको मृत्य भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी फूलमायालाई थप उपचारका लागि पाल्पा लगिएकाे उनले बताए । विक परिवारका छोरा र छोरी भने सकुशल छन् ।




















प्रतिक्रिया