Logo

अन्तर्राष्ट्रिय

अमेरिका-उत्तर कोरियाबीच वार्ता नहुने



उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छिन् । उनले अमेरिकासँग हुने भनिएको अर्काे उच्चस्तरीय वार्ताको कुनै अर्थ नहुने बताएका हुन् । उनको यो भनाई पछि अमेरिका र उत्तर कोरियाकाबीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाए अनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्काे वार्ताको कुनै काम नरहेको बताएकी हुन् ।

उनले अब अमेरिकासँग अर्काे वार्ता अनावश्यक हो र यस्तो प्रयोग बिहीन वार्ता गर्न पनि नहुने उनले जनाएकी छिन् । उनले यी दुइ देशले वार्तामा बसेर निश्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक रहेको बताईन ।

अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निश्कर्ष निकाल्न नसकिएको उनको भनाई छ । केही दिनमात्र अघि पनि उत्तर कोरियाको विदेशमन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए ।

उनको सो भनाइको केही दिनमात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राखेकी छिन् । उनको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो ।

केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको थियो । एएनआई

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १३:२३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।