Logo

प्रदेश

जाजरकोट पहिरो अपडेट: हराएका ४ जनाको शव फेला



जाजरकोट बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये ४ जनाको शव फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार बारेकोट– ४ का ५२ वर्षीय गोपाल सार्कीे, ११ वर्षीय अजुर्न सार्की र कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको हो ।

उनीहरू दुवैजना गाउँमा पाहुना बस्न गएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १७:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।