म्याग्दीमा बाढी र पहिरोले अलपत्र परेकालाई उद्धार गरिएको छ । धवलागिरी गाउँपालिका-६ मराङमा पहिरोमा परी घाइते भएका, सुत्केरी महिला र बालबालिकाको आज उद्धार गरिएको हो ।
शुक्रबार हेलिकोप्टरमार्फत् उद्धार गरिने भनेपनि खराब मौसमका कारण उनीहरूको उद्धार हुन सकेको थिएन । नेपालि सेनाको एम.आई १७ हेलिकाेप्टर र प्रभु एरलाइन्सकाे हेलिकाेप्टरबाट उद्धार कार्य गरिरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।
नेपाली सेनाका पृतनापती, उपरथी गोकुल भण्डारीको नेतृत्वमा नेपाली सेनाको टोली, प्रजिअ ढकाल, प्रहरी नायव उपरीक्षक किरण जंग कुँवर, नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली, स्थानीय जनप्रतिनिधि लगाय उद्धार कार्यमा संग्लन भएका छन् ।
पहिरोमा परी घाइते भएका १ सुत्केरीलाई उद्धार गरी पोखरा रिफर गरिएको छ । बिमबाट १ जना, मराङबाट ७ जना घाइतेको हेलिकाेप्टरमार्फत् उद्धार गरिएको छ ।
बिममा ३ र मराङमा ११ जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको धौलागिरी, मालिका, रघुगंगा गाउँपालिकामा ठूलाे धनजनकाे क्षति पुर्याएको छ । उद्धार कार्यमा प्रहरी , नेपाली सेना, स्थानीय गरी करिब ४ सय जना परिचालन गरिएको छ ।




















प्रतिक्रिया