नोपाला अझै भारी वर्षाको सम्भावना रहने भएको छ । हाल देशभरको मनसुनीको वायुको प्रभाव रहने भएकाले अझै केही प्रदेशहरुमा भारी वर्षाको सम्भवना रहेको मौसम पूर्वा-अनुमान महाशाखाले जनाएको छ ।
हाल मनसूनी न्युन चापीय रेखा पश्चिमि भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू-भागमा नेपाल नजिक रहेको अवस्था छ।देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना शाखाले जनाएको छ ।
महाशाखका अनुसार अत्याधिक भारी वर्षाको सम्भवना रहेको स्थानहरुमा सचेत रहन आग्रह गरिएको छ, भने २४ घण्टाको लागी परामर्श समेत दिइने भएको छ ।
विशेषगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने सम्भावना रहेको शाखाले जनाएका छ ।




















प्रतिक्रिया