Logo

मनोरञ्जन

अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन



नेपालका महानायक राजेश हमालका एक मात्र भाइ राकेश हमाल नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ । उनको कलेजोको उपचारको क्रममा निधन भएको राजेश हमालका भिनाज खगेन्द्र जिसीले जानकारी दिए । उनको कलेज प्रत्यारोपण गर्ने क्रममा निधन भएको हो अस्पतालले जनाएको छ ।

राकेशका श्रीमती र दुई छोराछोरी रहेका छन् । राकेश फिल्म क्षेत्र भन्दा बाहिर थिए । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ । पछिल्लो समय राकेश राजेश हमालसँगै बस्दै आएका थिए ।

कलेजोको समस्या भएका कारण उपचारणका लागि केही दिन अगाडी राकेशलाई दिल्ली लगिएको थियो । दिल्लीस्थित ह्याम्स अस्पतालामा उपचारको क्रममा निधन भएको खगेन्द्रले पुष्टि गरेका हुन् । कलेजो ट्रान्सप्लान्टको क्रममा उनको निधन भएको बताइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १९:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।