मेष : ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )आज आफन्त र साथीभाइहरुबाट सहयोग र हौसला प्राप्ता हुने छ । आकस्मिक धन लाभ हुने छ र साथै रमाइलो यात्राको सम्भावना रहेको छ ।
बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । सन्तान सुख प्राप्त हुने छ।
बृष : (ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । रोकिएका काम पुन सञ्चालनमा आउन सक्ने छन् । श्रमको उचित मूल्याङकन हुने छ । व्यवसायीको व्यक्तित्वमा आर्दश ठहरीन सक्नछन् ।
मिथुन: (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक प्रतिष्ठा कमाउने बेला रहेको छ । साथै पुर्नमिलनको योग पनि रहेको छ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।
कर्कट : ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो ) सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । उन्नती एबम् प्रगतिको बातारण बन्ने छ ।सामाजिक कार्यमा अघि बढ्ने छ । जग्गाको कारोबारमा सफलता मिल्ले योग रहेको छ ।
सिंह: (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मनमा दुविधा उत्पन्न हुने छ । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला । चोटपटकको रहेकाले सचेत हु्न आवश्यक छ । घरायसी कामधन्दा खटिरहनु पर्ने बाध्यता आइलाग्न सक्छ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साथीभाइबाट बढी भन्दाबढी फाइदा लिने समय रहेको छ । प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । जोस जाँगर उमङ बढ्ने छ ।
तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आजको प्रेमसम्बन्ध थप कसिलो हुने छ । रचनात्मक काममा जुट्ने समय रहेको छ । परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । विपरीत बर्गप्रति मोहित हुन सकिने छ ।
बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू्र) धर्मकर्म तथा समाज सेवामा मन जाने छ । शुभकार्यमा चार्चा चल्ले समय रहेको छ । सुन्दर पहिरनले सुन्दरतामा निख्खरता ल्याउने छ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।
धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आजको काममा केही प्रतिस्पर्धा र चुनौतिको समाना गर्नुपर्ने छ । प्रेम प्रसंगमा पनि केही नराम्रो क्षण आउन सक्ने छ । सन्तानबाट सुख प्राप्त हुने सक्ने छैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) एकपछि अर्को अवसर आउनाले मन अत्यन्तै प्रशंग रहने छ ।नयाँ व्यक्तिसँग भेटघाट हुने सम्भावना रहेको छ । व्यापार तथा धन लाभमा मन जाने छ ।
कुम्भ :(गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिश्रम अनुसारको मेहनाको फल प्राप्त हुने छ । विद्या र बुद्धि विकास हुने छ । सामजिक कार्यमा सहभागि भइने छ । प्रयत्न गरेबढी फाइदा लिन सकिने छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । विशिष्ट व्यक्तिको साथ पाइने छ । मनमा शान्ती अनुहारमा कान्ती छाउने छ । समाजसेवामा मन लाग्ने छ ।




















प्रतिक्रिया