Logo

विविध

केही यस्ता कुरा छन्, जो साच्चै अधुरा छन्



 

 लेखक : युवराज  सुवेदी / युवा तथा अनुसन्धानकर्ता

 

१ . केही यस्ता कुरा छन्
जो साच्चै अधुरा छन्
ज्यदै चम्कनेहरु पनि
भित्र अति मधुरा छन् ।

२ . हिंड्छन धेरै अनौठो रात बोकेर
आफ्नैले दिएको आघत बोकेर
जब बिगतका पानाहरु पल्टन्छन ।
जन्मिन्छ उपन्यास त्यो याद बोकेर

३ .अरबौको सहयोग सुनेयौ मात्र,काम देखिएन
बिपतमा नि ब्रहमलुट सयोगिको नाम देखिएन
राहात पाएको भन्दा दिएको चित्र देखाउनेको होड
कतै पनि भोको पेटले खाएको माम देखिएन ।

४ . हातकाे  नाममा आएको त्रिपाल चोरिन्छ यो देशमा
सुनिन्छ रोइरहेका पीडितकै घर फोरिन्छ यो देशमा
गाउँ घर भत्किएर सारा मानिसहरु पुरिदा पनि कठै
बचाउछन येसुले भनी धर्मकै प्रचार गरिन्छ यो देशमा ।

५ . छटपटि  भो भोक लाग्यो खाना चाहियो सरकार
जाडो लाग्यो लाज छोप्न नाना चाहियो सरकार
कति लड्छौ लडाउछौ कहिलेसम्म जनतालाई
स्वाभिमानी एकताको गाना चाहियो सरकार ।

६.  दिएको त्यो दिल फेरि साट्न सकिने भए
चुडेको त्यो मनको रसि बाट्न सकिने भए
एउटा छ मन मुटु मिल्थ्यो भने आझै मैले
पक्कै पनि बाडिदिन्थे काट्न सकिने भए ।

७  .अास्थाकाे  पबित्र एउटा मन्दिर बनाउछु
देउता खोज्ने ती आत्मालाइ स्थिर बनाउछु
सबैको उपकार गरेरै बितोस मेरो जिवन
आफ्नो त जे होला अरुको तक्दिर बनाउछु ।

८ . सक्छाै  एउटा सुन्दर स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ
मरेर मान्छेहरु स्वर्ग जान्छ भन्छन
यो पृथ्वी र स्वर्ग जोड्ने पुल बनाऊ।

९. चाहिदैन कोहि एक्लै रमाउनको लागि
लाग्दैन डर अब आगो समाउनको लागि
युबराज एक्लै काफि हुनेछ,हेर्दै गर्नु मित्र
रावणको स्वणीम लङका जलाउनको लागि ।

१० . जहिले सम्म पापीको चिहान हुदैन
निस्चित छ, मुस्कानको बिहान हुदैन
कहिलेही त्यो ठाउमा टिक्दैनुयुबराजु
जहा कैल्यै मानिसको सम्मान हुदैन ।

११ . उधारोमा मलाई नै कसैले लिएर गयो
सराबिले अचेत हुने गरि पिएर गयो
म तेरो संसारलाई उज्यालो पारिदिन्छु
यसरि जुनकिरीले चुनौती दिएर गयो ।

१२.  सजिलैसँग  तेल र पानी अब साच्चै तर्काइदिन्छु
षड्यन्त्रका तिम्रा पर्खाल अब हेर्नू चर्काइदिन्छु
सधै मौनताको फाइदा लिन नखोज ऐ महासय
बिनासकारी प्रकृतिहरु सारा उतै फर्काइदिन्छु ।

१३ . लगाउ भनिन पिरती आट्न सकिएन
बनाउछु आफ्नो भनी ढाट्न सकिएन
पिरतिका बगैचामा फुलहरु ओइलाउदा
सुन्दर माला बनाएर बाट्न सकिएन।

१४ .  तिर्खा लाग्दा प्यास मेट्ने खोली हेर्दै गर्नु ।
घुम्टो ओडि लजाउने डोली हेर्दै गर्नु ।
म सङ्ग केही छैन हुदा सारा सुम्पियर ।
न्यानो माया अटाउने झोली हेर्दै गर्नु ।

१५ . छैनन् होला सायद मेरो इन्ताजार गर्नेहरु
थुप्रै थिए मौका छोपी छुरा प्रहार गर्नेहरु
सधै ती मानिस भित्र ुमनु मैले खोजिरहे
भेटीएनन आज कोहि मलाइ प्यार गर्नेहरु

१६ . स्देशकै जासुसि गर्ने अधर्मीको खेल हेर्नूस त,

देखाउछ स्वाभिमान बेसर्मीको खेल हेर्नूस त,

बिज्ञापन गरि देशै बेच्न पनि पछि नपर्ने भए,

दलाली ती सञ्चार कर्मीको खेल हेर्नूस त,

१७ .  हामी दुबैमा जीवनको भार अलग्गै थियो।
चोट एउटै हुनसक्छ तर धार अलग्गै थियो ।
तिमी कसैको इसारामा चलेउ म आफ्नै इसारामा।
चल्नु चलाउनुको पनि सार अलग्गै थियो ।

१८ .  विहानसगैं म न्या‍नो घाम पठाईदिन्छु,
सबैसग पबित्र मन होस धाम पठाईदिन्छ,
बडीरहेछ रावणको ज्यादती सहन गर्नू मेरो भाई,
सत्यको लागि अन्तिम युद्द राम पठाईदिन्छु,।

 

 

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १९:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।