Logo

मनोरञ्जन

प्रमोदको ‘मन मुटु’मा कृष्णको निर्देशन



चर्चित गायक प्रमोद खरलेको स्वरमा रहेको ‘मन मुटु’ भन्ने गित कृष्ण पौडेलको भिडियो निर्देशनमा हाईलाइटस नेपाल युटुवले बिहीवारबाट सार्वजनिक गरेको छ ।

यस गितमा मनोहर सुनामले संगित र अडियो रेकर्ड गराएकेका छन्, भने बसन्त आचार्यको शब्द तथा रचना रहेको छ ।
यो मोफसलमा युबाहरुको प्रतिभा हो ।

साधन र स्रोतको अभाब रहेको मोफसलमा सृजनाका धनी युवाहरु आफनो प्रतिभा प्रस्फुटनमा सक्रिय रहेको देखिन्छ । यो गित लगभग एक वर्ष अगागि रेकर्ड गरिएको हो ।

उक्त गितका रचनाकार आचार्यले गीत र संगीतको पारखी लाई मनोरञ्जन र आनन्द सहित ज्ञानबद्धक हुने गरी गीतको रचना गरेको बताएका छन् । उनले यो म्युजिक भिडियो हेरेर सुनेर सल्लाह सुझाब सहित प्रतिक्रियाको अपेक्षा सबैमा राखेको बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार २२:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।