Logo

विविध

आजदेखि पाँचदिन भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह



सोमबार ( आज)देखि पाँचदिन भारी वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म निकै भारी वर्षाको सम्भावना रहने जनाएको छ ।
मौसम विभागका अनुसार प्रदेश १ र २ मा भारी वर्षा हुने छ ।

मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवायुसँगै हावा पनि भित्रिने संभावना रहेकाले दुबै प्रदेशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम  उच्च रहेकाे विभागले जनाएकाे छ ।

आगामी पाँच दिनसम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका भने केही स्थानमा भने भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

साउन १३ देखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार ०६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।