Logo

विविध

कहिले हुन्छ मनसुन निस्कृय ? विभाग भन्छ, ‘अझै सतर्क रहन आवश्यक ’



जल तथा मौसम पूर्व अुनमान महाशाखाले अझै केहि दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको विभिन्न पूर्वी र तराई भूभाग र नजिक मुनसुनी न्युन चापीय रेखा अवस्थित रहेकाले अझै मनसुन निस्कृय हुन केही समय लाग्ने जनाइएको छ ।

मौसम विज्ञान विभागले शनिबार मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षा भइरहेको उल्लेख गरेको छ ।

विभागले शनिबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

यसैगरी, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।