Logo

कर्णाली प्रदेश

दलित युवकलाई कुटपिट गरेको अभियोगमा चार जना पक्राउ



दलित युवा माथि अभद्र व्यवहार गरि कुटपीट गरेको अभियोगमा चार जना गैर दलित युवाहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले जातिय विभेद गरि दलित युवकलाई कुटेको अभियोगमा शुभकालिका गाउँपालिका ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं-६ निवासी २२ वर्षीय अर्जुन शाही वडा नं-८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल पक्राउ गरेको जनाएको छ ।

शुभकालिका गाउँपालिका ८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । शुभकालिका गाउँपालिका ७ मच्चेबारीमा रहेको मष्टो धवलपुराको मन्दिरमा साउन २६ गते पूजा थियो । उक्त पूजामा दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने, दलितको छोरो भएर चस्मा लगाउने भन्दै दुव्र्यवहार गरि कुटपीट गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

पक्राउ परेकाहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।