Logo

माज्डाको एसयूभी मोडल, कति पर्छ ? 



पारामाउन्ट मोटर्सले डिलर लिएपछि पहिलोपटक जापानी प्रिमियम ब्राण्ड माज्डाको एसयूभी मोडलको बुकिङ खोलेको छ । 
माज्डा सीएक्स ५ र सीएक्स ९ को बुकिङ खुल्ला गरेको पारामाउन्ट मोटर्सले जनाएको छ।

माज्दा सीएक्स ५ सुरुवाती मूल्य १ करोड २५ लाख ९० हजार रहेको छ भने सीएक्स ९ को १ करोड ६३ हजार ४९ हजार मूल्य तोकेको छ ।

यसअघि माज्डाका गाडी पद्मश्री मोटर्सले बिक्री गर्दै आएको थियो । गत चैतमा यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लिएपछि बुकिङ खुलेको जनाएको छ।

कोभिड १९ कारण केही ढिला भएको कम्पनीको भनाइ छ। प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले नयाँ गाडी आउन भने समय लाग्ने बताए।

‘माज्डाका नयाँ गाडी २०२१ को सुरुवातमा मात्रै ग्राहकको हातमा पुर्याउन सक्छौँ’, अर्यालले भने ।

अहिले बुकिङ गरेको गाडी २०२१ को सुरुवातमा मात्रै पाउनेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १२:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।