पछिल्लो समय किसानहरुले युरिया मल नपाएको गुनासो बढिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता नै मलको कालोबजारीमा लागेको तथ्य बाहिरीएको छ ।
नेता तथा मन्त्रीहरुको हुर्मत देखाएर स्थानीय नेकपाका कार्यकर्ताहरु नै मल तस्करीमा लागेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कडा भन्दा कडा कानूनी कार्बाही गर्न माग गरेका छन् ।
गए राति भोजपुरको अरुण गाउँपालिकाको प्याउली भन्ने स्थानमा प्रहरीलाई शंका लागेर गाडी चेकजाँच गर्दा चालीस बोरा युरिया मल बरामद गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी जीवन पुरीले जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेता अर्जुन कटुवालले मुख्यमन्त्री शेरधन राईको नाम लिदैं मल तस्कर गरिहेको कांग्रेस नेताले आरोप लगाएका छन् । उनी अरुण गाउँपालिका नेकपाको कमिटी सदस्य हुन् ।

प्रहरीले ‘गाडी चालक, युरिया मल बोकेको गाडीलाई नियन्त्रणमा लिएको भएपनि कटुवाललाई पक्राउ नगरेको भन्दै स्थानीयबासीहरुले आक्रोश व्यक्त गरेका छन् ।
नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चापागाइँले किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउनुपर्नेमा जिम्मेवार व्यक्तिहरू तस्करीमा लागेको भन्दै चिन्ता जनाएका छन् ।
‘तस्करीको रासायनिक मल पक्राउ गरेर भोजपुरको प्रहरी र स्थानीय प्रशासनले राम्रो काम गरेको छ’, चापागाइँले भने, ‘दोषी जो कोही भए पनि कानूनअनुसार हदैसम्मको कारबाही हुनुपर्छ । नेता चापागाईले भने, कहि वाँकि राखेनन् चुपलागेर बसिन्न । प्रहरी र प्रशासनले बचाउ गर्न खोजे बिद्रोह गर्ने चेतावनी समेत चापागाईले दिएका छन् ।

















प्रतिक्रिया