मोरङको सुन्दरहरैंचामा मदन भण्डारीको नाममा अस्पताल निर्माण हुने भएको छ । वीपी प्रतिष्ठानको सिनेट बैठकमा सुन्दर हरैंचामा रहेको प्रतिष्ठानको जग्गा नेकपाका नेता मदन भण्डारीको नाममा दिने तयारी भएसँगै नेपाली कांग्रेसले विरोध गरेको छ । सिनेट बैठकमा उपकुलपतिले जग्गा दिने प्रस्ताव अगाडि बढाएका छन् ।
अहिले नेकपा र कांग्रेसबीच विवाद सुरु भएको छ । कांग्रेसका प्रदेश सभाका सचतेक केदार कार्कीले सार्वजनिक रुपमै आपत्ति यो कदम विरूद्ध आपत्ति जनाएका छन् । वीपी प्रतिष्ठानको नाममा रहेको सुन्दर हरैंचाको जग्गामा मदन भण्डारीको स्मृतिमा अस्पताल बनाउनका लागि जग्गा दिने तयारी भएपछि कांग्रेस कार्यकर्ताहले विरोध गर्दै आएका छन् ।
मंगलबारे पनि प्रदेश सरकारले मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउने निर्णय गरेपछि आन्दोलन भएको थियो । नेपाली कांग्रेसका उर्लावारी सभापति वीरबल थापाको संयोजक्तोमा संघर्ष समिति गठन गरेर आन्दोलन भएपछि पछि हटेको प्रदेश सरकारले अहिले सुन्दर हरैंचामा मदन भण्डारीकै नाममा स्तरीय अस्पताल निर्माणका लागि लागि परेको हो ।
त्यसैको तयारी स्वरुप वीपी प्रतिष्ठानले आफ्नो नाममा रहेको जग्गा मदनको नाममा ल्याउन खोजिएको हो । सम्भवतः सुन्दर हरैंचामा नै मदन भण्डारीको नाममा नेकपाले स्तरीय र सुविधा सम्पन्न सरकारी अस्पताल निर्माण गर्ने तयारी गरेको छ । विपि प्रतिष्ठानको सिनेटले यो निर्णय गरे अस्पतालको काम अघि बढ्नेछ ।
मंगलबारेमा ट्रमा सेन्टर निर्माण सम्बन्धिको विवाद भएपछि प्रदेश सरकारले सुन्दर हरैंचामा सुरुमै मदनको नाममा अस्पताल निर्माण गरेर त्यही सुविधा सम्पन्न तथा ट्रमा बनाउने सक्ने सम्भावना देखिएको छ । यसअघि पनि प्रदेश सरकारले विवाद भए अन्यत्र सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने नेकपाका नेताहरुले बताउँदै आएका थिए । मंगलबारे अस्पताल प्रदेश सरकारको मातहत ल्याउने प्रक्रिया पनि सुरु भएको छ ।
विवाद र राजनीतिक खिचातानीका कारण मंगलबारे अस्पतालको स्तरोन्नती र विकास अब केही वर्ष सुस्त गतिमा हुने निश्चित देखिएको छ । यसको कारण अब सुन्दर हरैंचा निर्माण गर्ने भनिएको अस्पताल नै हो । मंगलबारे अस्पतालमा प्रदेश सरकारले हालसम्म ४ करोडभन्दा बढी रकम दिइसकेको छ । सोही अनुसार उपकरण खरिद पनि भएका छन् । ट्रमा सञ्चालनका लागि तयारी पनि थालिएको छ ।
तर पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा सुन्दर हरैंचामा मदन भण्डारीको नाममा अस्पताल निर्माण हुँदा प्रदेश सरकारको ध्यान मंगलबारे अस्पतालमा भन्दा पनि मदन भण्डारी अस्पतालमा जाने निश्चित देखिन्छ । अस्पताल सम्बन्धीको राजनीतिक दलहरुबीचको खिचातानी र विवाद अझै कहिलेसम्म जाने हो त्यो हेर्न बाँकी छ । सुन्दर हरैंचामा निर्माण हुने अस्पतालले भने मंगलबारेको स्तरोन्नती र यसको भविष्यलाई भने पक्कै असर पार्ने छ ।




















प्रतिक्रिया