Logo

विविध

अवैध लागूऔषध सहित पाँच जना पक्राउ    



भक्तपुर, भक्तपुर नगरपालिका-१ डा. इवामुरा अस्पताल अगाडि सडकबाट नियन्त्रित लागूऔषध ३ सय थान डाईजेपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनारगन सहित भारत बेतिया सिक्टा बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध किनबेच गर्ने व्यक्तिहरुको गतिविधि छ भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

धनुषा, बटेश्वर गाउँपालिका-२ कार्तिकुवरबाट नियन्त्रित लागूऔषध ३ सय ९० पिस नाईट्राभेट सहित महोत्तरी मनरा सिसवा नगरपालिका-२ बस्ने १९ वर्षीय केशव सिंह लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

पर्सा, वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध १ केजी गाँजा सहित पर्सागढी गाउँपालिका-९ मनवा बस्ने ४५ वर्षीय पुनार दास चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार  ७ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।