गोरखा-आँबुखैरेनी सडक खण्डअन्तर्गत गोरखा जिल्लाको बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।
प्रतिक्रिया