Logo

अर्थ

रिलायन्स लाइफको आईपीओ बाँडफाड, नतिजा मेरो सेयरमा



भोली गर्ने भनेको रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को बाँडफाँड आजै सकिएको छ ।

आइपीओको गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । यसको नजिता मेरो सेयरबाट थाहा पाउनको लागि ४ घन्टापछि हेर्न सकिने छ ।

सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ४ घन्टा पनि लगानीकर्ताले आफूलाई सेयर परेको वा नपरेको भनेर मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।

इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आवेदनकर्तामध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् ।

इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो ।

जसमा ५ लाख ८७ हजार ५०९ जना सेयर पाउन योग्य देखिएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्ध भएको रिलायन्सको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।