Logo

राजनीति

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्न सकिदैन – इश्वर पोखरेल



उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान नगर्ने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पोखरेलले यस्तो जनाएका हुन् । 

पोखरेलको लेख यस्तो छ : ‘सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ ।सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।