दाङ। दाङस्थित तुलसीपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएका कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याउँदा चिकित्सकले…