Logo

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन

काठमाडाैं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावलको निधन भएको छ । रावलको बिहिबार बिहान निधन भएको हो । अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई हृदयघात भएको थियो । उनलाई उपचारका लागि भक्तपुरमा रहेको नागरिक अस्पतालमा लगिएको थियो । अस्पतलानमा उपचारका क्रममा आज बिहान रावलको निधन भएको हो…