काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीइओ पारस कुमार काफ्लेको हृदयघातका कारण निधन भएको छ । बैंकका एक उच्च अधिकारीले उनको निधनको खबर पुष्टी गरेका छन् । बैंकको सिईओसहित सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको फर्किनु पूर्व नै उनको निधन भएको हो । चार दिनअघि मात्रै श्रीलंका बिफिनको कार्यक्रमका लागि बिफिनका सदस्य संस्थाका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए…