Logo

अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो

काठमाडौं । सरकारले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई आज वार्तामा बोलाएको छ । सोही संघर्ष समितिलाई वार्तामा आउन अर्थ मन्त्रालयले आग्रह गरेको हो । बिहीबार दिउँसो २ बजे पीडितका प्रतिनिधिलाई वार्तामा आउन मन्त्रालयले आग्रह गरेको छ ।