कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गरेको छ । आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि हो । बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद नाफा कमाएको थियो । समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो…