Logo

उद्योग

मेसिन मर्मत गर्न पशुपति बिस्कुटको उत्पादन बन्द



सुनसरीको दुहबीमा सञ्चालित श्री पशुपति बिस्कुट इन्डस्ट्रिज १५ दिनका लागि बन्द गरिएको छ ।

चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो ।

बिस्कुट पकाउने ओभनहरू जोडिएका मेसिनको मर्मतसम्भार र सरसफाईका लागि १५ दिन उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत सञ्चार विभाग प्रमुख सोमनाथ बास्तोलाले बताए । श्री पशुपति बिस्कुट इन्डस्ट्रिज २०३० सालबाट सञ्चालित छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १७:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।