Logo

कर्पोरेट फोकस

मुक्तिनाथ विकास बैंकद्वारा आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्नका लागि सहयोग



मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

सोही योजनाअनुसार बैंकले काभ्रेस्थित काठमाण्डौ विश्वविद्यालय हाई स्कुललाई विद्यार्थीद्वारा आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्नका लागि सहयोग गरेको हो। काठमाण्डौ विश्वविद्यालय हाई स्कुल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थी यस आईयू क्युबस्याटस् स्याटेलाइटको निर्माण कार्यमा जुटेका छन् । सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ सालसम्म गरिने छ ।

बैंकले काठमाण्डौ विश्वविद्यालय हाई स्कुललाई यसै आईयू क्युबस्याटस् स्याटेलाइट निर्माणकार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नेका लागि एक कार्यक्रम बीच सहयोगका लागि रु. ७५ हजारको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बैंकका तर्फबाट बजारीकरण प्रवर्द्धन एवं संस्थागत मामिला विभाग प्रमुख वसन्त बक्शी र अन्य कर्मचारीको उपस्थिति तथा काठमाण्डौ विश्वविद्यालय हाई स्कुकका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति थियो ।

यस सहयोगबाट आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न जुटेका सबै विद्यार्थी र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीलाई समेत विज्ञान विषयप्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ ९ बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १७:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।