काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा केही बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रतर्फको कर्जा २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको हो। साउनमा निजी क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको साउनमा…