Logo

अर्थ

काठमाडौंका विभिन्न स्थानमा आजदेखि १० दिनसम्म बिजुली कटौती हुने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाएर नयाँ रिले जडान तथा परीक्षण गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणको काम गर्न लागेको हो।

प्राधिकरणका अनुसार असोज ४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा फरक–फरक समयमा विद्युत आपूर्ति प्रभावित हुनेछ।

 

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १३:५७   :  बजे

426
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।