काठमाडौं । माछापुच्छ्रे बैंकले २८औं वार्षिक साधारणसभा असोज २८ गतेका लागि बोलाएको छ । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा बोलाएको हो ।
साधारणसभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित)को प्रस्तावलाई अनुमोदन गर्नेछ ।
यस्तै अग्राधिकार सेयरधनीका लागि समानुपातिक रुपमा हुन आउने ७ करोड ४५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ ।
साधारण सभाको क्रममा संस्थापक समूहतर्फ ३ जना संचालक र सर्वसाधारण समूहतर्फ १ जना संचालकको निर्वाचन पनि हुनेछ ।

















प्रतिक्रिया