काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बैंकले १:१ को अनुपात आर्थात् हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँबराबरकै हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक लिमिटेड छ ।