काठमाडौं । नयाँ बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा सेवा लिँदा ‘केवाईसी’ (ग्राहक पहिचान विवरण) फर्म बारम्बार भर्नुपर्ने झन्झटबाट ग्राहकले मुक्ति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३को मौद्रिक नीतिमा ‘एक पटक अद्यावधिक, सबै ठाउँ प्रयोग’ हुने गरी केवाईसी विवरण साझा गर्न सकिने प्रणाली विकासको व्यवस्था गरिएको छ ।…