रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । रिलायन्सले बाँडफाँड गरेको सय रुपैयाँ अङ्कित दरका ६३ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् । रिलायन्स…