सोलुखुम्बु । शिक्षकका जायज माग सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा सोलुखुम्बुका शिक्षकहरुले जोड दिएका छन् । नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद्का अवसरमा बोल्दै शिक्षकहरुले शिक्षक महासंघसँग विगतमा भएका सहमति तथा सम्झौताहरू कार्यान्वयन हुन नसकेको गुनासो गरे । उनीहरुले शिक्षकका सम्पूर्ण माग समेटिएको विद्यालय शिक्षा ऐन अझै जारी हुन नसकेको, शिक्षा नियमावलीमा शिक्षकको…