अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का पदाधिकारीबीच सोमबार संयुक्त बैठक बसेको छ । बैठकले स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित नगरे संघर्षमा उत्रिनु पर्ने निर्णय निकालेको छ । बागबजारस्थित अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा बसेको बैठकपछि निकालिएको संयुक्त विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयले तोकेको मितिमा नै स्ववियु निर्वाचन गर्न माग गरेको छ । त्रिविले आगामी फागुन १४ गते निर्वाचन गर्ने कार्यतालिका तोके…