नेपालका कन्सलटेन्सीहरुले नेपाली क्रिकेटर एबं नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसलाई देखाएर लाखौ ठग्ने गरेको खुलासा भएको छ । यसको खुलासा विद्यार्थीहरुलाई अस्ट्रेलियामा दर्ता नै नभएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी)मा पढ्न गएका विद्यार्थीहरुको ठगी धन्दा पछि पत्ता लागेको हो ।
यसरी विद्यार्थीहरुलाई ठगेर उक्त कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउनेमा एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस कन्सल्टेन्सी र मर्सी एजुकेशन रहेका छन् । उनीहहरुले एआइबिटी कलेज १ हजाार विद्यार्थी मध्य अधिकांंस उनीहरुकै रहेका छन् । नेपालका नाम यि एजुकेशन कन्सल्टेन्सीहरूले नै अष्ट्रेलिया पुर्याएर नेपाली विद्यार्थीलाई अलपत्र पारेका हुन् ।
नर्सिङ दर्ता नै नभएको कलेजमा जानाजान विद्यार्थी पठाएर ठगी धन्दा गर्ने कन्सलटेन्सीहरूमाथि कारबाही गर्न विद्यार्थीले माग गरिरहेका छन् ।
पारसलाई देखाएर प्रतिविद्यार्थी २० लाखका दरले शुल्क लिएर एक्स्पर्ट, मर्सी, कंगारु, एबीसी माइग्रेशन, डल्फिन, अल्फाबिटा, काठमाडौं इन्फोसिसलगायतका कन्सल्टेन्सीले विद्यार्थीबाट करोडौ असुलेर झ्वाम पारेका छन् ।
यो पनि पढ्नुहोस्
‘अस्ट्रेलियामा नेपाली विद्यार्थीको समस्या : वास्तविकता भन्दा पनि धेरै भ्रम र अफवाह’
विषेश गरेर एक्स्पर्टले नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई वर्षको २० लाख तिरेर ब्रान्ड एम्बेसडर बनाएको छ । सोहि कारणले उसले अरु भन्दा अधि विद्यार्थी आफुतिर तान्ने गरेको छ । क्रिकेट खेलाडी खड्कालाई ब्रान्ड एम्बेसडर बनाएर ठगी गर्ने एक्स्पर्ट, अल्फा हाउस र मर्सीले सबैभन्दा बढी विद्यार्थी पठाएको खुलेको छ । अलपत्र परेका १ हजारमध्य मर्सीबाट ५ सय, एक्स्पर्टबाट २ सय र अल्फाबिटाबाट एक सय जना विद्यार्थी अस्ट्रेलिया गएको खुलेको छ ।
कन्सल्टेन्सीहरूले सरकारलाई समेत ढाँटेर विद्यार्थी विदेश पठाएको हुँदा शिक्षा मन्त्रालयले छानबिन समिति समेत गठन गरेको छ ।
विद्यार्थीले एजुकेशन कन्सल्टेन्सीको सहयोगमा ‘अफर लेटर’ बुझाउने गरेका छन् । अलपत्र परेका विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन संलग्न मन्त्रालयकै कर्मचारी पनि जिम्मेवार ठानिएका छन् ।
कलेजले नर्सिङ विषयको पठनपाठन गराउन अनुमति लिने प्रक्रिया शुरु गरेको भन्दै कन्सल्टेन्सीहरूले विद्यार्थी पठाउन सिफारिस गरेका थिए । सोही आधारमा मन्त्रालयले नो अब्जेक्सन लेटर दिएको थियो ।
नो अब्जेक्सन लेटर शाखाका तत्कालीन प्रमुख उपसचिव बालकृष्ण चापागाईं र अधिकृत तारा निरौलालाई मन्त्रालय तानिएको छ । उनीहरूलाई नै कारवाही गर्न लागिएको छ । एआईबीटीमा अध्ययन गर्न ४ हजार ७ सय ५४ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन् ।
अस्ट्रेलियास्थित नेपाली दूतावासले शिक्षा मन्त्रालयलाई यसअघि नै शैक्षिक संस्थाको पूर्ण जानकारी लिएर मात्र विद्यार्थी पठाउन सचेत गराएको भए पनि मन्त्रालयका निरौला जस्ता बद्ननाम पात्रहरूका कारण को भबिश्य अन्योलमा परेको छ ।
निरौलाले कतिपय कन्सल्टेन्सीका उजुरीलाई तामेलीमा राखेर अबैध रुकम असुल्दै आएका थिए । यस विषयमा कसैले अहिले सम्म केहि नबोलेको भएपनि निरौलाले करोडौ रुपैया वर्षेनी विद्यार्थीहरुलाई ठगेर अकुत सम्पत्ति कमाएका छन् । अहिले यसरी विद्यार्थी अलपत्र परेको खबर बाहिर आएपछि उनी तनावमा रहेका छन् ।
प्रतिक्रिया