कन्सलेटेन्सीको गलत सुचनाका आधारमा अष्ट्रेलियामा अलपत्र परेका नेपाली विद्यार्थीलाई कन्स्टेन्सीहरुले ज्यान मार्ने धम्की दिएका छन् । विद्यार्थीहरुले आफु अलपत्र परेको सुचना नेपाली मिडियासम्म पुर्याएको भन्दै ज्यान मार्ने धम्की आएको विद्यार्थीहरुले बताएका छन् ।
कन्सटेन्सीहरुले कन्सल्टेन्सीहरुले मिडियामा आएर बद्नाम गर्न खोजेको भन्दै धम्की दिएको उनीहरुको भनाई छ । नेपालबाट फोन मार्फत कन्सलटेन्सीहरुले बद्नाम गरेको भन्दै ज्याान मार्ने धम्की दिएका हुन् ।
एआइबिटी कजेलको दर्ता खारेज भएसँगै आफूहरूको पैसा, पढाइ र करियरमा सस्यामा भएको भन्ने विद्यार्थीलाई कन्सल्टेन्सीले धम्कीदिएको एक विद्यार्थीले बताएकी हुन् । अलपत्र विद्यार्थीहरूको समस्याका बारेमा सिड्नीमा भएको एक कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस कन्सल्टेन्सीले धम्की दिएको बताएकी हुन् ।
यो पनि पढ्नुहोस्
नेपाली क्रिकेटर पारसलाई देखाएर यसरी लुट्छन् विद्यार्थीहरुको लाखौ रकम
‘अस्ट्रेलियामा नेपाली विद्यार्थीको समस्या : वास्तविकता भन्दा पनि धेरै भ्रम र अफवाह’
सिड्नीमा नेपाली र अस्ट्रेलियनहरुको भेलामा बोल्दै उनले भनिन, ‘घरमा फोन गरेर तपाइको छोरीले यस्तो गर्यो तपाईको छोरीलाई यस्तो गर्दिन्छु उस्तो गर्दिन्छु भन्नु भयो’, एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसको नामै किटेर उनले भनिन्, ‘मलाई यस्तो थ्रेट आउँदा मलाई भन्दा मेरो बाबा आमालाई समस्या हुन्छ । मेरो कारणले मेरो बाबा आमालाई केही नहोस ।’
आफू र परिवारलाई थ्रेट आएको भन्दै उनले सुरक्षाको माग पनि गरेकी छिन । विद्यार्थीहरुलाई एकतिर मानसिक तनाब यत्तिकै पनि बढिरहेको बेलामा उनीहरुको उद्दार गर्नुको साँटो गालि गर्नु उचित नभएकोा भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् ।
https://www.youtube.com/watch?v=Px3dt5PeKTQ
प्रतिक्रिया