पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाले आक्रमण गरेको केही घण्टामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोट मागेका छन् ।राजस्थानको चुरुमा भएको एउटा आमसभामा मोदीले खुलेर यस पटकको चुनावमा आफूलाई जिताउन आग्रह गरेका छन् । पाकिस्तानी भूमिमा भारतीय वायु सेनाले बम खसालेको ठिक १० घण्टापछि मोदीले भने, तपाईँहरुको भोटबाटै दिल्लीमा एउटा शक्तिशाली सरकार बन्यो । त्यसको दम देखिँदैछ…