Logo

इटहरीमा ‘प्रणय सृजना’ वाचन

सुनसरी । सुनसरीको इटहरीमा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रम भएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका थिए । क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीका अनुसार प्रणय दिवसको अवसर पारेर सृजना वाचन कार्यक्रम राखिएको हो…