जब एउटा बीज मर्छ आफ्नै धरातलमातब मात्र शुरू हुन्छविरुवाको अर्को जीवन–यात्रा । मृत्यु सम्झँदा नै डग्मगाउँछ मान्छेसुनामीजस्तै भयानक प्रलयको कल्पना गर्छतर समयप्रवाहको हरेक सुसाइले भनिरहेकै त हुन्छ––जीवन र मृत्यु त मात्र भ्रम हुन्,जीवन भन्नु रूपान्तरणको एक अविछिन्न प्रक्रिया हो । मृत्यु के हो र ?जीवन मेटिँदै जाँदाको साक्षी त होसम्झे कथाका पात्रहरू, अनुहारहरूपरिचित र अपरिचित…