काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेकी छन् । मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको एक हजार रन पूरा भएको हो । उनी एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् ।