Logo

अर्थ

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । एसवाई प्यानल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत असोज ७ गतेदेखि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ४ लाख ९७ हजार ०९२ कित्ता सेयरमा आवेदन अवधि सकिएको छ । स्थानीय बासिन्दाले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन प्रभु क्यापिटल, एसवाई प्यानलको चितवनस्थित कार्यालय, प्रभु बैंकका सौराहा र टाँडी शाखा तथा अनलाइनमार्फत दिन सकिन्छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १२:११   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।