काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) बजारबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ । १२ दिनका लागि राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ उठाउने भएको हो ।
राष्ट्र बैंकले उठाउन लागेको ९० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले कात्तिक २ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि: शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंक ले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।



















प्रतिक्रिया