Logo

अर्थ

मुद्दति निक्षेपमा ७८ करोड लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ७८ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

असोज २२ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ६२ करोड ४० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ११ करोड ७० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ९० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यो लगानी सन् २०२५ अक्टोबर १२ देखि २०२६ अक्टोबर १२ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार ११:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।