काठमाडौं । नेपालका लागि एमजी ब्रान्डको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्सपोको अवसर पारेर कम्पनीले एमजी यूनाइन सार्वजनिक गरेको हो । एमजी यूनाइन बजारमा आएसँगै नेपाली इलेक्ट्रिक पिकअप सेग्मेन्टमा प्रतिस्पर्धा थप बढ्ने देखिएको छ । प्रिमियम इलेक्ट्रिक सवारीको पोर्टफोलियो विस्तार गर्ने योजनाअन्तर्गत…