काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा घरेलु टोली पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० को सोझो सेटमा पराजित गर्यो। खेलभरि पाकिस्तानले आक्रामक प्रदर्शन र बलियो ब्लकिङमार्फत नेपालमाथि दबाब कायम राख्यो। नेपालले कुनै पनि सेटमा प्रभावशाली चुनौती दिन सकेन। यस जितसँगै पाकिस्तानले लगातार…