काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति चौधरी ग्रुप (सीजी)ले श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना व्यक्त गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा व्यापक क्षति पुगे पनि ग्रुपले पुनःनिर्माणको यात्रामा दृढताका साथ अघि बढिरहेको बताएकाे छ। चौधरी ग्रुपले शहीद परिवारप्रति सम्मानस्वरूप…