Logo

अर्थ

जेनजी आन्दोलनका शहीदप्रति चौधरी ग्रुपद्धारा श्रद्धाञ्जली अर्पण, शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा



काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति चौधरी ग्रुप (सीजी)ले श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना व्यक्त गरेको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा व्यापक क्षति पुगे पनि ग्रुपले पुनःनिर्माणको यात्रामा दृढताका साथ अघि बढिरहेको बताएकाे छ।

चौधरी ग्रुपले शहीद परिवारप्रति सम्मानस्वरूप महत्वपूर्ण घोषणा गर्दै आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

‘यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो,’ ग्रुपका प्रबन्ध निर्देशक चौधरीले बताएका छन् । साथै, पीडाकाबीच पनि आशा, सहानुभूति र सम्मानका साथ देशको उज्ज्वल भविष्य निर्माणमा सँगै उभिने सन्देश पनि दिइएको छ।

ग्रुपले सम्पूर्ण शहीद परिवारसँग सम्पर्क गर्ने प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । परिवारका सदस्यहरूले रोजगारीसम्बन्धी प्रक्रियाका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १४:३९   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।