संसदीय व्यवस्थाको मर्म ’प्रधानमन्त्री’ छान्ने मात्रै होइन, प्रधानमन्त्रीलाई जबाफदेही, सक्रिय र जिम्मेवार बनाउनु पनि हो । हामीले यो व्यवस्था नक्कल त गर्याैं, तर यसको आत्मालाई छोडिदियौं । प्रधानमन्त्री संसदीय अभ्यासकै एउटा अङ्ग हो र ऊ सैद्धान्तिक र व्यवहार दुबै रूपमा संसदप्रति निरन्तर जबाफदेही हुन्छ । विकासदेखि अन्तर्राष्ट्रिय सम्बन्धसम्मका राष्ट्रिय महत्त्वका मुद्दाहरूमाथि संसदमा गम्भीर छलफल र…