मानिसको उमेर बढ्दै जाँदा स्मरण शक्ति बिस्तारै कमजोर बन्दै जान्छ । विकासक्रमको अनुसार व्यक्तिको उमेर ढल्दै जाँदा खासगरी वृद्ध अवस्थामा स्मरण शक्तिमा ह्रास हुनु स्वाभाविक हो । मानिसको सम्पूर्ण ज्ञान, सीप, विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरण शक्तिमा निर्भर रहन्छ । स्मरण शक्तिविना मानिसको सम्पूर्ण अनुभव निरर्थक हुन्छ । विभिन्न मनोवैज्ञानिकहरूका अनुसार व्यक्तिको…