सन २०११ मा भारतका मुर्धन्य अभियन्ता अन्ना हजारेले भ्रष्टाचारविरुद्ध अभियान छेडे । हजारेको अभियानले भ्रष्ट नेता र कर्मचारीको नीदहराम गरिदियो । उनकै मागलाई ध्यानमा राखेर भ्रष्टाचार छानबिन गर्न सजिलो हुने लोकपाल र लोकायुक्त कानून बन्यो । हजारे यो कानून निर्माण गर्न करिव दुई महिना लामो सत्याग्रह वसेका थिए । उनको यो अभियानलाई भारतभर समर्थन भयो…